Friday, 17 April 2026

नाफा व्यवस्थापनको परिचय (Introduction to Profit Management)

 

नाफा व्यवस्थापनको परिचय (Introduction to Profit Management)

·       नाफा व्यवस्थापन भनेको बैङ्कले आफ्नो आम्दानी र खर्चलाई प्रभावकारी रूपमा सन्तुलन गरी अधिकतम नाफा सुनिश्चित गर्ने एक व्यवस्थित र सुनियोजित प्रक्रिया हो।

·       लिएको हरेक जोखिमको मूल्य र प्रतिफलको सन्तुलन मिलाउँदै सुरक्षित र दिगो नाफा सुनिश्चित गर्ने कला।

·       केन्द्रीय बैङ्कले तोकेका सीमा र मापदण्डभित्र रहेर पूँजी सुरक्षण र वित्तीय अनुशासनसहित नाफा आर्जन गर्ने कानुनी परिधि।

·       प्रत्येक विभाग र कर्मचारीको दैनिक क्रियाकलापलाई नाफासँग जोड्दै सम्पूर्ण संस्थालाई नाफामुखी बनाउने आन्तरिक संस्कार।

नाफा व्यवस्थापनका मुख्य तीन आयामहरू हुन्छन्:

·       नाफा योजना (Profit Planning): भविष्यमा हासिल गर्नुपर्ने नाफाको लक्ष्य निर्धारण गर्ने प्रक्रिया।

·       नियन्त्रण ( Control): योजना अनुसार कार्य सम्पादन भएको छ कि छैन भन्ने अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुधार गर्ने प्रक्रिया।

·       नाफा वितरण (Profit Distribution): कमाएको नाफालाई कानुनी प्रावधान र आन्तरिक नीति अनुसार बाँडफाँड गर्ने प्रक्रिया।

नाफा व्यवस्थापनको चरणः

चरण

शीर्षक

मुख्य कार्य

चरण १

नाफा योजना तथा लक्ष्य निर्धारण

बजार विश्लेषण, विगतको समीक्षा र आम्दानी-खर्चको प्रक्षेपण गरी वास्तविक नाफाको लक्ष्य तय गर्ने।

चरण २

योजनाको कार्यान्वयन

स्वीकृत योजना र बजेट अनुसार वास्तविक बैङ्किङ कारोबार सञ्चालन गर्ने।

चरण ३

कार्यसम्पादन अनुगमन तथा विचलन विश्लेषण

वास्तविक नाफा र लक्षित नाफा बीचको अन्तरको नियमित समीक्षा गर्ने।

चरण ४

निर्णय बिन्दु

कार्यसम्पादन योजना अनुरूप भए/नभएको जाँच गर्ने। भएन भने सुधार गरी पुनः कार्यान्वयनमा फर्किने।

चरण ५

नाफा प्रमाणीकरण र वितरण

लेखापरीक्षण, नियामकीय प्रोभिजन, र कानुन अनुसार मुनाफाको बाँडफाँड गर्ने।

 

तरलता व्यवस्थापन (Liquidity Management) 

१. परिभाषा (Definition)

तरलता व्यवस्थापन भनेको बैंकसँग आफ्ना निक्षेपकर्ताहरूको माग बमोजिमको नगद फिर्ता गर्न सक्ने र अन्य वित्तीय दायित्वहरू (जस्तै: ऋण प्रवाह, सञ्चालन खर्च) समयमै पूरा गर्न सक्ने क्षमता कायम राख्नु हो।

 सरल भाषामा, सही समयमा, सही स्थानमा र सही लागतमा नगदको उपलब्धता सुनिश्चित गर्नु नै तरलता व्यवस्थापन हो।

तरलताका स्रोतहरू (Sources of Liquidity)

बैंकले दुई तरिकाले तरलता व्यवस्थापन गर्छ:

  • सम्पत्ति पक्ष (Asset Side): बैंकसँग भएको नगद, मौज्दात, सरकारी ऋणपत्र (Treasury Bills) बिक्री गरेर वा अन्तर-बैंक बजारमा सापटी दिएको पैसा फिर्ता लिएर।

  • दायित्व पक्ष (Liability Side): नयाँ निक्षेप संकलन गरेर, अन्य बैंकबाट सापटी (Inter-bank Borrowing) लिएर वा राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (SLF) लिएर।

नेपाल राष्ट्र बैंकको नियामक व्यवस्था (Regulatory Framework)

नेपालमा वाणिज्य बैंकहरूले तरलता कायम गर्न निम्न मापदण्डहरू पालना गर्नुपर्छ:

  • नगद मौज्दात अनुपात (CRR): बैंकले आफ्नो कुल निक्षेपको निश्चित प्रतिशत (हाल ४%) अनिवार्य रूपमा राष्ट्र बैंकमा राख्नुपर्छ।

  • वैधानिक तरलता अनुपात (SLR): नगद, सुन र सरकारी ऋणपत्रको रूपमा कायम गर्नुपर्ने न्यूनतम मौज्दात (वाणिज्य बैंकका लागि हाल १२%)।

  • खुद तरल सम्पत्ति (Net Liquid Assets): कुल निक्षेपको कम्तीमा २०% तरल सम्पत्ति कायम गर्नुपर्ने सामान्य निर्देशन छ।

  • कर्जा-निक्षेप अनुपात (CD Ratio): बैंकले संकलन गरेको निक्षेप र पुँजीको अधिकतम ९०% सम्म मात्र कर्जा लगानी गर्न पाउँछन्।

तरलता व्यवस्थापनका रणनीतिहरू (Strategies)

बैंकले तरलता व्यवस्थापन गर्दा मुख्यतया दुईवटा जोखिम बीच सन्तुलन मिलाउनुपर्छ: १. तरलता जोखिम (Liquidity Risk): नगद अभाव भएर बैंक टाट पल्टिने डर। २. नाफाको अवसर गुम्ने जोखिम (Profitability Trade-off): धेरै नगद निष्क्रिय राख्दा लगानी हुन पाउँदैन र नाफा घट्छ।

व्यवस्थापन गर्ने तरिकाहरू:

  • Maturity Ladder/Gap Analysis: कुन महिनामा कति पैसा बाहिरिन्छ र कति भित्रिन्छ भन्ने तालिका (Gap Analysis) बनाएर व्यवस्थापन गर्ने।

  • Stress Testing: संकटको समयमा (जस्तै: धेरै ग्राहक एकैपटक पैसा झिक्न आएमा) बैंकले कसरी धान्न सक्छ भनेर काल्पनिक अवस्थाको परीक्षण गर्ने।

  • Contingency Funding Plan (CFP): तरलता अभाव भएको खण्डमा तुरुन्तै कहाँबाट पैसा जुटाउने भन्ने पूर्व-योजना तयार राख्ने।

तरलतालाई असर गर्ने तत्वहरू

  • आन्तरिक तत्व: कर्जा प्रवाहको गति, निक्षेपको प्रकृति (चल्ती कि मुद्दती), र बैंकको साख।

  • बाह्य तत्व: सरकारी खर्चको अवस्था, विप्रेषण (Remittance) आप्रवाह, राष्ट्र बैंकको मौद्रिक नीति, र अर्थतन्त्रको अवस्था।

 

No comments:

Post a Comment

ADBL HRM

  Human Resource Management (HRM) संगठनको लक्ष्य हासिल गर्नको लागि गर्नुपर्ने कार्यहरू सुचारु रूपले सम्पन्न गर्न आवश्यक जनशक्तिको वस्त...